सेयर बजारमा ९ अंकको गिरावट, ३३ करोड बराबरको कारोबार

Advertisement

काठमाडौं । साताको पहिलो दिन आइतबार नै सेयर बजार ओरालो लागेको छ । सेयर बजार परिसुचक नेप्से नौ दशमलव २० अंकले घटेर एक हजार २१४ कायम भएको छ भने सेयर कारोबार पनि घटेर ३२ करोड ९५ लाख २७ हजार ९१५ रुपियाँको किनबेच भएको छ ।

आज उत्पादनमुलक समुहबाहेक अधिकांश समूहका सुचकहरु पनि घटेका छन् । उक्त समुह १.८ अंकले उकालो लागेको छ । बाँकी सबै सुचकहरु एक प्रतिशतभन्दा कम अंकले ओरालो लागेका छन् । आज धेरै कारोबार गर्नेमा एनआइसी एशिया बैंक पहिलो स्थानमा रहेको छ जसको कारोबार दुई करोड ४५ लाख ३४ हजार ४५६ रुपियाँको रहेको छ । आज सेयर कारोबारको दोस्रो स्थानमा रसुवागढी हाइड्रोपावर रहेको छ जसको कारोबार एक करोड ७० लाख बराबरको भएको छ ।

आज धेरै नाफा कमाउने पहिलो स्थानमा ग्लोबल आइएमई लघुवित्त रहेको छ, जुन ६७ अंकले बढेको छ । त्यसैगरी, दोस्रो स्थानमा रिलायन्स फाइनान्स रहेको छ, जुन ८ अंकले बढेको छ ।त्यस्तै, आज धेरै गुमाउने पहिलो स्थानमा गुँरास लघुवित्त रहेको छ, जुन २५ अंकले घटेको छ । त्यसैगरी, दोस्रो स्थानमा वल्र्ड मर्चान्ट बैंकि रहेको छ, जुन ४अंकले ओरालो लागेको छ ।

Advertisement

Advertisement

Advertisement