एनआईसी एशियाको विस्तारित काउण्टर कञ्चनपुर भन्सार कार्यालयमा

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंक कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका वडा नं. ११ गड्डाचौकी स्थित कञ्चनपुर भन्सार कार्यालयमा विस्तारित काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले सञ्चालनमा ल्याएको विस्तारित काउण्टरको आइतबार कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले उद्घाटन गरेका हुन् ।


उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डे, भन्सार विभागका निर्देशक शिशिर घिमिरे, कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भीमप्रसाद अधिकारी, कैलाली भन्सार कार्यालय प्रमुख ईश्वरी अर्याल र कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्ल लगायतको उपस्थिती रहेको थियो ।

Advertisement

Advertisement

Advertisement