मुक्तिनाथ विकास बैंकको हकप्रद सेयर भदौ १२ देखि, साउन ३० सम्मका लगानीकर्ताले भर्न पाउने

Advertisement

काठमाडौं । मुक्तिनाथ विकास बैंकको ६१ करोड २९ लाख ५२ हजार २५ रुपैंयाँ बराबरको हकप्रद सेयर भदौ १२ गतेबाट खुल्ने भएको छ ।
बैंकले प्रति कित्ता १०० रुपैंयाँ दरका ६१ लख २९ हजार ५ सय २० कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । बैंकले १० कित्ता बराबर २ कित्ताको अनुपातमा असोज ६ गतेसम्म हकप्रद सेयर निष्काशन गर्न लागेको छ ।

हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ६ करोड रुपैंयाँ रहेको छ । हकप्रद सेयर निष्काशनपछि बैंकको चुक्ता पुँजी ३ अर्ब ६७ करोड रुपैंयाँ पुग्नेछ । साउन ३० गतेसम्म कायम सेयर धनीहरुले हकप्रद सेयर खरिद गर्न पाउनेछन् । बैंकले भिबोर क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ ।

Advertisement

Advertisement

Advertisement