भरतपुरमा निषेध आज्ञा जारी

Advertisement

चितवन । रवि लामिछानेको पक्ष र विपक्षमा आन्दोलन शुरु भएपछि चितवनको भरतपुरमा निषेध आज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय, चितवनले चौबीसकोठीदेखि मालपोतचोकसम्मलाई निषेध आज्ञा जारी गरेको हो ।

आइतबार मात्रै चितवनका राजनैतिक दलहरुले दुबै पक्षको आन्दोलनलाई निरुत्साहित गर्ने सहमती गरेका थिए । फेरी पनि आन्दोलन चर्किएर झडपको अवस्था सिर्जना हुने सम्भावना बढेपछि निषेध आज्ञा जारी गरिएको हो ।

चौबिसकोठीदेखि मालपोत चोकसम्म अस्पताल, अदालत, प्रहरी कार्यालयलगायतका कार्यालयहरु रहेकोले सुरक्षा संवेदनशीलताको कारण निषेधित क्षेत्र घोषणा गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement