आइएमई लाइफले गर्यो एक वर्षमा ९१ करोड बीमा शुल्क संकलन

Advertisement

काठमाडौं । आइएमई लाइफइन्स्योरेन्स कम्पनीको ब्यबसायिक कारोवार बिधिवतरुपमा सञ्चालन भएको दुई वर्ष पूरा भएको छ । कम्पनीले उक्त अवसरमा एक कार्यक्रमको आयोजना गरि दोस्रो वार्षिकोत्सव मनाएको छ ।

उक्त कार्यक्रममा सुभकामना मन्तब्य दिँदै कम्पनीका सञ्चालक समितिकाअध्यक्ष डा. रामहरि अर्यालले बीमा बजारमा कम्पनीले प्रतिस्पर्धात्मक उपस्थिति जनाएको बताएका छन् । चालु आव २०७६/७७ मा थप शाखा बिस्तार गरि बीमित, अभिकर्ता एवं सेवाग्राहीको पहुँचलाई सर्वसुलभ, छिटो छरितो सेवा पुर्याउने, मानव संसाधनमा गुणात्मक तथा रचनात्मक अभिवृद्धिका लागि आवश्यक तालिमको ब्यबस्था तथा उत्प्रेरणा हुने खालको निति तर्जुमा गरिने जानकारी गराए ।

कम्पनीले नियमनकारी निकाय बीमा समितिको निर्देशानुसार धितोपत्र ऐन बमोजिम निर्देशित तथा अन्य आवश्यक प्रक्रियाहरु पूरा गरि सर्वसाधारणका लागि सेयर जारी गरिने समेत बताए । साथै, आर्थिक पहुँच र वित्तीय साक्षरता बढाउने काममा कम्पनीले सहयोग गरिरहेको र यसलाई अझ प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।

सोहि अवसरमा कम्पनीले विभिन्न संघ संस्था तथा त्यसका कर्मचारी तथा सदस्यहरुको सुविधा तथा लाभलाई मध्यनजर गरि भर्खरै बीमा समितिवाट स्वीकृती प्राप्त नयाँ जीवन बीमा लेख 'आइएमई सामूहिक सावधिक बोनस सहितको जीबन बीमा योजना' सार्वजनिक गर्योे ।

सोहि अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले जीबन बीमा ब्यबसायमा महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ताको लागि आर्कषक एवं उत्प्रेरक बिबिध प्रोत्साहन योजनाहरु कार्यन्वयन गरिने जानकारी गराए ।

सञ्चालन भएदेखि नै कम्पनीको सफलतामा हरतरहले सहयोग दिने नियमनकारी निकाय बीमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालय, सरोकारवाला सम्पूर्ण निकायहरु, सञ्चालक समितिका सदस्यहरु, सस्थापक शेयरधनीहरु, कर्मचारीहरु, अभिकर्ताहरु प्रतिकम्पनीले हार्दिक धन्यवाद एवम् कृतज्ञता ज्ञापन गर्दै आगामी दिनमा समेत सोहि किसिमले सहयोग गर्ने विश्वास लिएको जनाएको छ ।

ब्यवसाय सुचारु भएको दोस्रो वर्ष सम्ममा कम्पनीले देशका सातै प्रदेशका बिभिन्न ८५ स्थानमा शाखा कार्यालयहरु स्थापना गरि बीमा सेवा पुर्याउँदै आएको छ । कम्पनीले यस आर्थिक बर्ष २०७६/७७मा थप शाखा/उपशाखाहरु बिस्तार गरि बीमाको पहुँच तथा सेवा दिने योजना रहेको जानकारी गराएको छ । साथै, कम्पनीले आर्थिक बर्ष २०७५/७६ मा रु. ९१ करोड बीमा शुल्क संकलन गर्न सफल भएको जानकारी पनि गराएको छ ।

Advertisement

Advertisement

Advertisement