विराटनगरमा होटल छापा,२७ जोडी र दुईजना होटल सञ्चालक पक्राउ

Advertisement

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर महानगरपालिका क्षेत्रका आधा दर्जन होटलबाट छापा मारेर पक्राउ गरेको २७ जोडी र दुईजना होटल सञ्चालकलाई सेचत गराएर छोडेको छ ।

प्रहरीले नियन्त्रणमा लिएकामध्ये केही जोडी नातामा आफन्त पर्ने पनि रहेको पाएपछि अनुसन्धान गर्दै जाँदा प्रहरी पनि चकित भयो । प्रहरीले अनुसन्धानका क्रममा एक जोडी नातामा सम्धी–सम्धिनी रहेको फेला पारेको थियो । प्रहरी स्रोतका अनुसार उनीहरू नोबेल अस्पताल अगाडिको होटल एण्ड लजबाट पक्राउ परेका थिए । उनीहरूसहित २६ जनालाई सचेत गराए छोडिएको थियो ।

प्रहरीले नियन्त्रणमा लिएको एक जोडी कलेज ड्रेसमा पनि रहेका थिए । उनीहरू प्रेमी–प्रेमिका रहेको खुलेको छ । त्यस्तै धरानका एक युवाले काठमाडौंदेखि एक किशोरीलाई आवत–जावत हुने गरी हवाईजहाजको टिकट काटेर विराटनगर ल्याएका थिए । प्रहरीले नियन्त्रणमा लिएको ती युवा विवाहित थिए भने किशोरी अविवाहित थिइन् । उनीहरूलाई पनि प्रहरीले सचेत गराएर छोडेको छ ।

अनैतिक क्रियाकलाप बढेको जनगुनासो आएपछि मोरङ प्रहरीले लामो समयपछि विराटनगरका होटल र लजहरूमा एकै दिन छापा मारेको हो । सादा पोसाकमा प्रहरी परिचालन गरी छापा मार्दा ठूलो सङ्ख्यामा जोडी पक्राउ परेका हुन् । पक्राउ परेकामध्ये दुई जना होटल सञ्चालक पनि थिए । उनीहरूले होटलमा आउने ग्राहकको सम्पर्क नम्बर नराखेको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।

Advertisement

Advertisement

Advertisement