सेयर बजारमा सामान्य सुधार

Advertisement

काठमाडौं । सेयर बजारमा सोमबार सामान्य सुधार देखिएको छ । आज सेयर बजार परिसुचक नेप्से सात दशमलव २३ अंकले बढेर एक हजार २२२ कायम भएको छ भने ३८ करोड ९६ लाख रुपियाँको सेयर कारोबार भएको छ ।

आज बाणिज्य बैंकसहित अधिकांश समूहका सुचकहरुमा पनि सुधार देखिएको छ । बाणिज्य बैंक समूहको सुचक शुन्य दशमलव ६७ प्रतिशतले बढेको छ । दश वटा समूहको सुचकहरुमा सुधार हुँदा निर्जीवन बीमा समूहको सुचक बढेको छ ।

आज सबैभन्दा धेरै सिद्धार्थ बैंकको संस्थापक सेयर खरिद बिक्री भएको छ । यो सेयर दुई करोड ५८ लाख रुपियाँको कारोबार भएको छ । दोस्रो धेरै कारोबार गर्नेमा रसुवागढी हाइड्रोपावर रहेको छ । आज धेरै नाफा गर्नेमा नाडेप लघुवित्तका लगानीकर्ता अगाडि छन् भने सानिमा इक्वीटी फण्डका लगानीकर्ता अगाडि छन् ।

Advertisement

Advertisement

Advertisement