मेलम्चीको पानी ल्याउन विज्ञ सल्लाहकार समुह गठन, को को परे मन्त्रीको रोजाईमा ?

Advertisement

काठमाडौं । खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाका सम्बन्धमा आवश्यक सुझाव सल्लाह र परामर्श दिने उदेश्यले पूर्व सचिवहरु सम्मिलित एक विज्ञ सल्लाहकार समूह गठन गरेको छ ।

खानेपानी मन्त्री बिना मगरको अगुवाइमा मन्त्रालयले खानेपानी क्षेत्रसंग सम्बन्धित विज्ञता हासिल गरेका पूर्व सचिवहरुको समूह गठन गरेको हो । पाँच सदस्यीय विज्ञ समूहमा पूर्व सचिवहरु बीरेन्द्र बहादुर देउजा, हरेराम कोइराला, सुमन प्रसाद शर्मा, भीम उपाध्याय र दीपेन्द्रनाथ शर्मा रहेको प्रवक्ता रितेश कुमार शाक्यले जानकारी दिए ।

प्रवक्ता शाक्यका अनुसार मेलम्ची खानेपानी आयोजनामा देखिएका समस्याहरुलाई समाधान गर्न र आयोजनालाई द्रुतगतिमा अगाडि बढाउन विज्ञ समूहले आवश्यक सल्लाह सुझाव र परामर्श दिनेछ ।

मेलम्चीको साथसाथै विज्ञ समूहले अन्य खानेपानी आयोजनाको क्षेत्रमा समेत आवश्यक सल्लाह र परामर्श दिन सक्ने प्रवक्ता शाक्यले बताए ।

Advertisement

Advertisement

Advertisement