सङ्खुवासभामा पहिलो पटक इन्डोस्कोपी सेवा शुरु

Advertisement

खाँदबारी । जिल्ला अस्पतालमा पहिलो पटक इन्डोस्कोपी सेवा शुरु भएको छ। आइतबारदेखि सेवाको शुरुआत गरिएको जिल्ला अस्पताल विकास समितिका अध्यक्ष सुमन शाक्यले जानकारी दिए।

जिल्लामा इन्डोस्कोपी सेवा नहुँदा सेवाग्राही धरान, विराटनगर र काठमाडौँ जस्ता ठूला शहर जानुपर्ने बाध्यता थियो। आफ्नै जिल्लामा सेवा शुरु भएपछि स्थानीय खुशी भएका छन्।

वीर अस्पतालका डा भूपेन्द्र बस्नेतको टोलीले आइतबार र आज दुई दिन इन्डेसकोपी सेवा दिएको जिल्ला अस्पतालले जनाएको छ। टोलीले भोजपुरको षडानन्द नगरपालिका–६ का ६० वर्षीय रामबहादुर विश्वकर्माको उपचार गरेर सेवा शुरु गरेको थियो । रासस

Advertisement

Advertisement

Advertisement