महालक्ष्मी विकास बैंकको नयाँ शाखा धरानमा

Advertisement

काठमाडौं । महालक्ष्मी विकास बैंकले बैकिङ सेवाको पहुँच देशभर पुर्याउने उद्देश्य बमोजिम शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ । बैंकले नागरिकलाई सेवा दिने उद्देश्यले उक्त शाखा विस्तार गरेको हो ।

यसै क्रममा बैंकले सोमबार देखि सुनसरीको, पुतलीलाइन, धरानमा नँया शाखा खोलि बैकिङ कारोबार सञ्चालनमा ल्याएको छ । उक्त शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा संख्या ९९ पुगेको छ ।

बैंकले हालसम्म देशभर ९९ वटा शाखाबाट करिब ५ लाख ग्राहकलाई बैकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ । बैंकले ग्राहकको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन प्रयासरत रहने प्रतिबद्धता जनाएको छ ।

Advertisement

Advertisement

Advertisement