फागुनमा आईपीओ जारी गरेको पाँचथर पावर ७ करोड ८६ लाखको घाटामा

Advertisement

काठमाडौं । पाँचथर पावर कम्पनीले आर्थिक वर्ष २०७५/०७६ को चौंथो त्रैमासम्ममा ७ करोड ८६ लाख रुपियाँ नोक्सानी व्यहोरेको छ। कम्पनीले २०७४/०७५ को सोहि अवधिमा कम्पनी ५ करोड ७२ लाख रुपियाँ नोक्सानीमा थियो । अघिल्लो वर्षको यसै अवधिको तुलनामा पाँचथर पावरको नोक्सानी २ करोड १३ लाख रुपियाँले बढेको हो। विद्युत बिक्री र अन्य स्रोत मार्फतको आम्दानी घटेसँगै कम्पनीको नोक्सानी बढेको हो ।

पाँचथर पावरको चुक्ता पुँजी २५ प्रतिशतले बढेर ९६ करोड २५ लाख रुपियाँ पुगेको छ । अघिल्लो वर्ष चुक्ता पुँजी ७७ करोड रुपियाँ मात्र थियो । आइपीओ जारी गरेपछि पुँजी वृद्धि भएको हो ।

कम्पनीको रिजर्भ कोष पनि १८ करोड १७ लाख ११ हजार रुपियाँ नोक्सानमा रहेको छ । अघिल्लो वर्ष यसै अवधिमा रिजर्भ कोष १० करोड ३० लाख ६४ हजार रुपियाँ नोक्सानमा थियो ।

कम्पनीले फागुन १३ देखि १७ गतेसम्म कूल १७ लाख ५० हजार २५० कित्ता साधारण सेयर निष्काशन गरेको थियो। यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपियाँ १७ पैसाले ऋणात्मक छ प्रतिसेयर नेटवर्थ घटेर ८१ रुपियाँ १२ पैसामा झरेको छ।

Advertisement

Advertisement

Advertisement