हुन्डाईले ल्यायो फेस्टिभ डिलाइट योजना

Advertisement

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि हुन्डाई अटोमोबाइल्स नेपालको आधिकारिक विक्रेताले हुन्डाइ फेस्टिभ डिलाइट २०७६ योजना ल्याएको छ। दशैं, तिहार र छठ उत्सव मनाउने लक्ष्यसहित उक्त योजना ल्याइएको हो।

उक्त योजना भदौ २ गतेदेखि कार्त्तिक १६ गतेसम्म लागू हुनेछ। यस योजनाअन्तर्गत ग्राहकले आकर्षक नगद छुट र १ वर्ष निशुल्क बीमा पाउनेछन् । साथै स्क्रयाच कार्डमार्फत थप १ लाखसम्मको नगद छुट, लक्‍की ड्रमार्फत १० जोडीलाई ४ रात ५ दिनको दुबइ भ्रमण तथा बम्पर उपहारको व्यवस्था गरेको छ।

बम्पर उपहारअन्तर्गत लक्‍की ड्रमार्फत हुन्डाइ स्यान्ट्रो एक थान र हुन्डाइ भेन्यु एक थान जित्न सक्नेछन्। उक्त योजनाअन्तर्गत सबै हुन्डाइ गाडीहरुमा ३ वर्ष वारेन्टी,४ वर्ष फ्री सर्भिसिङका साथै निशुल्क सवारी कर भुक्तानी उपलब्ध छन्।

लक्ष्मी इन्टरकन्टिनेन्टले नेपालभर १३ शोरुम तथा तथा १७ सर्भिस सेन्टहरुमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

Advertisement

Advertisement

Advertisement