गोदावरीको एक चिज फ्याक्ट्रीमा आगलागी

Advertisement

ललितपुर । गोदावारीको झरुवाराशीस्थित चिजवल फ्याक्ट्रीमा मंगलबार दिउसो आगलागी भएको छ । गुराया फूड प्रोडक्टको फ्याक्ट्रीमा भएको उक्त आगलागीलाई झण्डै पाँच घण्टापछि सेना र प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ ।

आगो नियन्त्रण गर्न तीन वटा दमकलसहित दजनौं सुरक्षाकर्मी परिचालन गर्न पनि लामो समय लागेको हो । आगो नियन्त्रणमा आए पनि क्षतिको विवरण भने आउन बाँकी रहेको ललितपुर प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement