ज्योति लाइफको नाफा १२ करोड ४६ लाख

Advertisement

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नाफा १२ करोड ४६ लाख पुगेको छ । कम्पनीले २०७६ असार मसान्त अवधीमा सो मात्रामा नाफा आर्जन गरेको हो । २०७५ असार मसान्तमा कम्पनीको नाफा जम्मा १२ करोड ३५ लाख रुपैंया मात्रै थियो ।

यो अवधीमा ज्योति लाइफले हालसम्म १ अर्ब २ करोड रुपैंया बीमा शुल्क आर्जन गरेको छ भने बीमालेख संख्या १९ हजार १ सय ११ पुर्याएको छ । कम्पनीले पछिल्लो ३ महिनामा मात्रै ४३ करोड बीमा शुल्क आर्जन गरेको छ । १ अर्ब ५४ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा २३ करोड २० लाख रुपैंयाँ छ ।

Advertisement

Advertisement

Advertisement