दुई दिनसम्म स्थिर रहेको सुनको मूल्य फेरी बढ्यो, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौं । साताको चौँथो दिन आज बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबार र मंगलबार प्रतितोला ७१ हजार रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज तीन सय रुपियाँले बढेर प्रतितोला ७१ हजार तीन सय रुपियाँ कायम भएको हो ।

महासंघले आज तेजाबी सुन प्रतितोला ७१ हजार रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार एक सय ३० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६० हजार आठ सय ७५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ८३० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७११ रुपियाँ ५० पैसा कायम गरेको छ ।

 

Advertisement

Advertisement

Advertisement