मर्स्याङ्दी करिडोर प्रशारण निर्माणमा देखिएको समस्या समाधान गर्न समिति गठन

Advertisement

काठमाडौँ । सरकारले मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन निर्माणमा देखिएको समस्या समाधानका लागि एक समिति गठन गरेको छ ।

समितिमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, शहरी विकास मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, नागरिक उड्डयन प्राधिकरण, गोरखाबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सांसद, पालुङटार नगरपालिकका प्रमुखलगायत रहेको समिति गठन गरिएको छ ।

समितिलाई एक साताभित्र समस्या समाधान गर्ने ठोस कार्ययोजनासहितको प्रतिवेदन पेश गर्न समयसीमा तोकिएको छ । प्रसारण लाइनबाट प्रभावित हुने हाल बन्द अवस्थामा रहेको पालुङटार विमानस्थल र प्रस्तावित स्मार्ट सिटीलाई कुनै समस्या नहुने गरी आयोजना अगाडि बढाउनुपर्ने माग उठ्दै आएको छ ।

बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले उक्त प्रसारण लाइन रणनीतिक महत्वका भएकाले तोकिएको समयमै सम्पन्न गर्ने गरी सरोकार भएका सबैको साथ र सहयोग हुनुपर्नेमा जोड दिएका थिए ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, शहरी विकासमन्त्री इस्तियाक मोहम्मद राई, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र राष्ट्रियसभा सदस्य सुरेन्द्र पाण्डेलगायतको सहभागिता रहेको थियो ।

Advertisement

Advertisement

Advertisement