ट्रान्सफर्मर भित्रको तार चोरी

Advertisement

सिन्धुली । जिल्लाको सुनकोशी गाउँपालिकास्थित गुटबजारमा बिजुलीको ट्रान्सफर्मर भित्रको तार चोरी भएको छ ।

केही दिनअघि नै ट्रान्सफर्मरभित्रको तामाको तार चोरी भएपनि बल्ल थाहा भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए ।

चोरहरूले ट्रान्सफर्मरभित्र रहेको झण्डै १२० केजी बराबरको क्वाइल तामाको तार निकालेर लगेका थिए । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सिँचाइको लागि प्रयोग हुँदै आएको ट्रान्सफर्मरको तार चोरहरूले लगेपनि अन्य काम नलाग्ने सामान त्यतिकै छोडिएको अवस्थामा फेला परेको जिल्लास्थित विद्युत् प्राधिकरणले जनाएको छ ।

ट्रान्सफर्मर चोरी भएसँगै यस क्षेत्रका झण्डै ३०० परिवार समस्यामा परेका छन् ।

Advertisement

Advertisement

Advertisement