चिनियाँ राजदुतले भनिनः तातोपानी, कोरला र रसुवागढी नाका सञ्चालन गर्न तयार छौं

Advertisement

काठमाडौं । नेपालका लागि चिनियाँ राजदुत होउ यान्कीले तातोपानी, कोरला र रसुवागढी नाका सञ्चालनका लागि चीन सरकार तयार रहेको बताएकी छिन् । अर्थमन्त्री डा. युवराज खतिवडासँगको भेटमा चिनियाँ राजदुत यान्कीले नेपाल चीन व्यापार र आवागमनका लागि ३ वटा नाका सञ्चालनका लागि तयार भएको बताएकी हुन् । त्यसका लागि चीन सरकारले पूर्वाधार विकासमा पनि सघाईरहेको बताएकी थिइन् ।

भेटघाटमा चिनियाँ कम्पनीहरुले नेपालमा गरिरहेको निर्माण कार्यको पनि समिक्षा गरिएको थियो । कलंकीदेखि धोबीखोलासम्मको ११.६ किलोमिटर चक्रपथ विस्तारका बारेमा पनि छलफल भएको थियो । साथै नेपालको पूर्वाधार विकासमा चिनियाँ बैंक तथा वित्तिय संस्थाहरुको लगानी बढाउनेबारे पनि छलफल भएको थियो ।

काठमाडौं चक्रपथको दोस्रोचरणको निर्माण कार्य अघि बढाउने तयारी कार्य र चिनीया वित्तीय संस्थाको नेपालको पूर्वाधार विकासमा लगानी बढाउने बारे समेत भेटघाटका अवसरमा छलफल भएको थियो।

Advertisement

Advertisement

Advertisement