१५५ अर्बमा बन्ने भयो फास्ट ट्रयाक, एक घण्टामै निजगढ-काठमाडौं यात्रा

Advertisement

काठमाडौं । काठमाडौं र तराईलाई जोड्ने सबै भन्दा छोटो मार्गका रुपमा अघि सारिएको फास्ट ट्रयाक निर्माणको बाटो खुलेको छ । सरकारीले डीपीआर स्वीकृत गरेसँगै फास्ट ट्रयाक निर्माणको बाटो खुलेको हो । भदौ १ गते बसेको मन्त्रिपरिषद बैठकले फास्ट ट्रयाकको डीपीआर स्वीकृत गरेको हो ।

नेपाली सेनाको फास्ट ट्रयाक आयोजना प्रमुख सरदलाल श्रेष्ठले डीपीआर स्वीकृत भएसँगै निर्माणको बाटो खुलेको बताए । फास्ट ट्रयाकको संसोधित लागत १ खर्ब ५५ अर्ब रुपैंया(भ्याटबाहेक) तय भएको छ । कोरियाली कम्पनी सुसुङले फास्ट ट्रयाकको डीपीआर बनाएको हो ।

२.५ किलोमिटर लामो फास्ट ट्रयाकको डीपीआर अनुसार १०.५ किलोमिटर लामो ८७ वटा पुलहरु निर्माण हुनेछन् जसमा १६ वटा बिशेष पुल रहनेछन् । सुरुङको संख्या बढाएर ३ वटा बनाईएको छ । महादेव डाँडामा ३.३५ किलोमिटर, धेद्रे डाँडामा १.६ किलोमिटर र लेन डाँडामा १.४३ किलोमिटर गरि कुल ६.३८ किलोमिटर लामो सुरुङ निर्माण हुनेछन् । फास्ट ट्रयाकको इन्टर सेक्सन भने बुदुनेमा रहनेछ ।

फास्ट ट्रयाकको कुल काममध्ये हालसम्म १० प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख श्रेष्ठले जानकारी दिएका छन् । ५४ किलोमिटर खण्डमा ‘सब ग्रेड’ भैरहेको छ । जसमा २५.४४ किलोमिटर सब ग्रेड सम्पन्न भएको छ भने १०.९२ किलोमिटरमा ८० प्रतिशत सकिएको छ । बाँकी १६.०९ किलोमिटरमा भने ८० प्रतिशत भन्दा केहि कम मात्रै सब ग्रेडको काम सकिएको छ ।

ठुला पुलहरुको निर्माणका लागि ६ वटा कम्पनीहरु प्रारम्भिक छनौटमा परेका छन् । ४ लेनको डेडिकेटिड सडक पहाडी क्षेत्रमा २५ मिटर र तराईमा २७ मिटर चौँडाईको हुनेछ । यो सडक निर्माण भएपछि एक घण्टामा काठमाडौंबाट निजगढ पुग्न सकिनेछ ।

Advertisement

Advertisement

Advertisement