एसियन पेन्ट्स नेपालको रोयल हेल्थ शिल्ड बजारमा

Advertisement

काठमाडौं । एसियन पेन्ट्स नेपालले रोयल हेल्थ शिल्ड इन्टेरियर इमल्सन पेन्ट्स सार्वजनिक गरेको छ । कम्पनीले ग्राहकहरूको प्रतिरोधात्मक स्वास्थ हेरचाह आवश्यकतालाई मध्यनजर गरेर उक्त पेन्स् बजारमा ल्याएको हो ।

यो एक यस्तो क्रान्तिकारी उत्पादनको भेट हो, जुन कीटाणूहरू मार्ने, घरभित्र रहेको दुर्गन्धलाई सोसेर हावालाई शुद्ध गर्नेलगायतका असाधारण विशेषताहरू रहेको जनाएको छ । यो पेन्टबाट फूलको वास्ना पनि उत्सर्जित हुन्छ । यो उत्पादनमा ‘सिल्भर आयन’ प्रविधि रहेको छ, जसले ९९ प्रतिशतसम्म संक्रमण उत्पन्न गर्ने ब्याक्टेरियाहरूलाई मार्छ, जब तिनीहरू भित्तामा पुग्छन् ।

यो पेन्टले आफ्नो नवीन आविष्कारयुक्त ‘फर्माल्डिहाइड एबेटमेन्ट’ विशेषताका माध्यमबाट हावालाई शुद्ध गर्छ । यो उत्पादनका बारेमा थप जानकारी पाउनका लागि कृपया आरएचएस लेखेर ३६६७७ मा पठाउनु पर्नेछ ।

Advertisement

Advertisement

Advertisement