नेपाल चेम्बर अफ कमशले २ दिने 'तीज व्यापार मेला' आयोजना गर्ने

Advertisement

काठमाडौं । नेपाली महिलाहरूको महान चाड तीजको अवसरमा नेपाल चेम्बर अफ कमर्श, नेपाल महिला चेम्बरद्धारा ‘दोस्रौं तीज व्यापार मेला–२०७६’ आयोजना हुने भएको छ । राजधानीको जमलस्थित नेपाल चेम्बर अफ कमर्शमा यही भदौ ६ र ७ गते २ दिनसम्म आयोजना हुने सो मेलाको तयारी पूरा भएको चेम्बरले जनाएको छ ।

हालै आयोजित तीज व्यापार मेला चेम्बरको दोस्रो पटक हो । तीजको अवसरमा आयोजना गरिने ‘दोस्रौंं तीज व्यापार मेला–२०७६’ नेपालको उल्लेखनिय नेपाल महिला चेम्बरको सक्रियतामा आयोजना गरिएको उपभोक्ता मेलाका रूपमा पनि आम जनसमुदाय सम्म समेत परिचित रहँदै आएको छ । मेलामा यो वर्ष काठमाडौंका महिलाद्धारा प्रर्बद्धित ५० फर्म/कम्पनी, संघ–संस्थाहरूको स्टलद्धारा सहभागिता हुनेछ भने ५० हजारभन्दा बढी मानिसले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

यो मेलामा महिला उद्यमी व्यवसायीहरूले आफ्ना सिर्जनात्मक उत्पादन र सेवा मार्फत प्रदर्शन गर्ने उद्देश्यले गत वर्षदेखि आयोजना गरिँदै आएको हो । यो मेलाले हस्तकला सामाग्री, स्थानीय उत्पादनमा आधारित प्रारङ्गारिक मलद्धारा तयार हुने जैवीक खाद्य वस्तु (अर्गानिक) व्यवसायीकरण गर्ने मात्र नभई महिला उद्यमीहरूलाई अग्रपंक्तिमा उभ्याएर समग्र नेपाली अर्थतन्त्रको समृद्धिमा केन्द्रित हुँदै नेपाल पर्यटन वर्ष २०२० सफल पार्ने वातावरण तयार पार्ने लक्ष्य लिएको नेपाल महिला चेम्बरका अध्यक्ष उर्मीला श्रेष्ठले जानकारी दिनुभयो । उनले यसपालि अर्गानिक व्यापार मेलाका रूपमा यसलाई अगाडि बढाइएको बताए ।

महिला चेम्बर अध्यक्ष श्रेष्ठले तीज मेला केबल मेलाको रुपमा मात्र नभई महिलाहरूलाई व्यावसायिक बनाउने र अवसर नपाएका महिला उद्यमीहरूलाई प्रबद्र्धन गर्ने माध्यम भएको दाबी गरे ।

'तीज मेला अर्गानिक व्यापार मेलाको तयारी र प्रवद्र्घन व्यापक रूपमा हुँदैछ । कतिपय महिला उद्यमीले त यो मेला मार्फत नै आफैं पर्यटन वर्ष २०२० सफल पार्न सामान बाहिर पठाएर नेपाली वस्तु लिनकै लागि नेपाल आउने व्यवस्था गर्ने विस्वास छ । त्यसैकारण यो मेलालाई हामीले गत वर्षदेखि निरन्तरता दिन सकेका हौं,' श्रेठले भने ।

नेपाली वस्तु प्रयोगको लागि अभियानको रुपमा तीज व्यापार मेला गर्ने भएकाले नेपाली वस्तुको प्रयोग र प्रबद्र्धनका लागि मेला केन्द्रीत रहेको महिला चेम्बरले जनाएको छ ।मेलालाई आकर्षक र मनोरञ्जनात्मक बनाउनका लागि माननीय सांसद प्रदेश ३ तथा पूर्व उद्योग मन्त्री अष्टलक्ष्मी शाक्य, प्रदेश प्रमुख अनुराधा कोइराला, निर्माता, निर्देशक एंव लोकप्रिय कलाकार श्री दिपा श्री निरौंला, लगायतका व्यक्तित्वहरु कार्यक्रममा उपस्थित हुनेछन् ।

Advertisement

Advertisement

Advertisement