गैरआवासीय नेपाली संघ थाईल्याण्डमा पुनः अवाले, आईसीसी सदस्यमा ढकाल

Advertisement

बैंकक । गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डमा नयाँ कार्यसमिति चयन भएको छ । आइतबार सम्पन्न एनआरएनए थाइल्याण्डको अधिवेशनले सर्वसम्मतरुपमा पुनः असाजिता अवालेको नेतृत्वमा नयाँ राष्ट्रिय समन्वय समिति चयन गरेको हो ।

नयाँ कार्यकालका लागि महेन्द्र श्रेष्ठ, भविन्द्र बस्नेत, शंकर अधिकारी, कान्छा गुरुङ र प्रेम दत्त उपाध्यक्षमा, रवि महर्जन महासचिवमा, अतिश श्रेष्ठ कोषाध्यक्षमा, श्रीहरि आचार्य सचिवमा, मेगा चन्द महिला संयोजकमा, सुवाश थापा युवा संयोजकमा, निरज वैद्य, राम की, डिल्ली ज्ञवाली, सुरज भण्डारी, कार्यकारी सदस्यमा चयन भएका छन् ।

त्यस्तै, बरुण अमात्य प्रवक्ताको रुपमा नियुक्त भएका छन् । अधिवेशनले एनआरएनए थाइल्याण्डका पूर्वअध्यक्ष खगेन्द्र ढकाललाई पुनः अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी) सदस्यमा चयन गरेको छ ।

कार्यक्रममा थाईल्याण्डका लागि नेपाली राजदूत गणेश ढकालले गैरआवासीय नेपालीसँग मिलेर आर्थिक कुटनीतिलाई बनाउने आफ्नो इच्छा प्रकट गरे ।

थाइल्याण्डको साँस्कृतिक मन्त्रालयकी प्रतिनिधि प्लोई यामापायनले एनआरएनए थाइल्याण्डका गतिविधिले नेपाल र थाईल्याण्डबीचको जनस्तरको सम्वन्ध विस्तारमा सहयोग पुगेको बताइन् ।

कार्यक्रममा एनआरएनए आईसीसी सदस्य खगेन्द ढकाल, नवनिर्वाचित अध्यक्ष असाजिता अवालेलगायतले गैरआवासीय नेपाली संघका गतिविधि र नेपाल तथा थाईल्याण्डबीचको आर्थिक सम्वन्ध विस्तार, पर्यटन प्रवद्र्धनका बारेमा बोलेका थिए ।

Advertisement

Advertisement

Advertisement