उदयपुरमा पाँचदिनदेखि विद्युत अबरुद्ध, दुई हजार घर अन्धाकारमा

Advertisement

उदयपुर । ट्रान्सफर्मर जल्दा उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ९ राजावासका दुई हजार घर अन्धाकारमा बस्न बाध्य भएका छन् । पाँच दिनदेखि दुई हजार घर अन्धाकारमा बस्न बाध्य भएका हुन् ।

एसइर्ईको ग्रेड वृद्धि परिक्षा सञ्चालन भईरहेको बेलामा पाँच दिन देखि विधुत अबरुद्ध भएकोले आफुहरुले पढ्न समेत नपाएको पक्षिार्थि एलिसा राउतले बताईन् । उनले भनिन्, परिक्षा सञ्चालन भईरहेको छ तर हामीले पाँच दिनदेखि पढ्न पाएका छैनौँ । डेलिगेसनको टोली समेत विद्युत अफिस गएको थियो तर अझै एक हप्ता सम्म विद्युत अबरुद्ध हुन्छ भनिएकोले हाम्रो परिक्षामा प्रभाव परेको उनले बताईन् ।

सखुवनीटोलका स्थानिय धुर्व बस्नेतले यस्तो गर्मी मौसममा पाँच दिनदेखि विद्युत अबरुद्ध भएको कारण खाद्यान्न मिल समेत बन्द भएको बताए । उनले भने, ‘पाँच दिन देखि अध्यारोमा बस्न बाध्य भएका छौँ। अन्धकारमा बसेर खाना पकाउन समेत समस्या भएको छ । मोबाईल फोन समेत चार्ज नभएर राख्नु परेको छ, फोनबाट समेत बञ्चित भएका छौँ। रातभर गर्मिले सुत्न सकिन्न, काट्नै मुस्किल परेको छ । विद्युत नहुँदा बालबच्चाको पठनपाठनमा समेत समस्या भएको बस्नेतले बताए ।

विद्युत नहुँदा सुत्केरी आमाहरुलाई पनि समस्या भएको छ । बिजुली वत्ति अबद्ध भएपछि रेडियो उदयपुरको प्रसारण सेवा समेत प्रभावित भएको छ भने विद्युतिय सामाग्रीहरु समेत ठप्प भएका छन् ।

विद्युतको ट्रान्सफर्मर जल्दा नवउदयटोल, चौकरीवारी, पाखाटोल र सखुवनी लगायत गाउँका २ हजार घर विद्युतबाट वञ्चित भएका छन् । उता ट्रान्सर्फमर व्याकअप नभएकाले विजुली संचालन गर्न अझै एक हप्ता लाग्ने नेपाल विद्युत प्राधिकरण गाईघाटले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement