जिल्ला अदालत महोत्तरीका नापीका कर्मचारी डेढलाख घुससहित पक्राउ

Advertisement

महोत्तरी । जिल्ला अदालत महोत्तरीका नापी सर्वेक्षक मोहन यादव डेढ लाख घुससहित पक्राउ परेका छन् । अख्तियारको टोलीले घुस लिइरहेको अवस्थामा सर्वेक्षक यादवलाई जलेश्वर नगरपालिका २ खैरा चौकबाट रंगेहात नियन्त्रणमा लिएको हो ।

उनले अदालतमा दर्ता भएको मुद्दाको सम्बन्धमा स्थलगत नापजाँच गरी घर नक्शा अनुसार नभएको भनि विभिन्न बहाना बनाइ उक्त मुद्दा मिलाई दिन्छु भनी सेवाग्राहीसँग घुस लिएका थिए । घुससहित पक्राउ परेका यादवलाई नियन्त्रणमा राखी अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement