साढे ६ सय इञ्जिनियरलाई करारमा नियुक्त गर्दै सरकार, रेल, सडक र शहरी पूर्वाधारमा काम लगाइने

Advertisement

काठमाडौं । सरकारले साढे ६ सय इञ्जिनियरलाई करारमा नियुक्त गर्ने भएको छ । सरकारले भौतिक पूर्वाधार मन्त्रालय र शहरी विकास मन्त्रालयका लागि ६ सय ६८ जना प्राविधिकलाई करारमा नियुक्त गर्ने निर्णय गरेको हो ।

भौतिक मन्त्रालयले रेल र सडक विभागका लागि सञ्चालन हुने योजनाहरुका लागि राजपत्रांकित अधिकृतस्तरका तीन सय ९२ लाई करारमा नियुक्त गर्नेछ । उनीहरुले रेल र सडक मार्गको निर्माणका लागि काम गर्नेछन् ।

रेल विभागका महानिर्देशक बलराम मिश्रले रेल वे विकासका लागि अपुग भएको दक्ष जनशक्ति बाहिरबाटै आपुर्ति गर्नका लागि सरकारले करारमा नियुक्त गर्ने निर्णय गरेको बताए ।

त्यस्तै, शहरी विकास मन्त्रालयले ५४ वटा विकास आयोजना कार्यक्रम सञ्चालनका लागि राज पत्रांकित दुई सय ७६ जना प्राविधिकलाई करारमा नियुक्त गर्नेछ ।

Advertisement

Advertisement

Advertisement