अब सिंगापुरमै मन्त्रिपरिषद्को बैठक, भिडियो कन्फेरेन्सिङका लागि नियमावली संशोधन

Advertisement

काठमाडौं । करिव दुई साताका लागि थप उपचार गर्न हिँडेका प्रधानमन्त्री केपी ओलीले उहीँबाट मन्त्रिपरिषदको बैठक गर्न मिल्नेगरी नेपाल सरकार (कार्यसम्पादन) नियमावली, २०६४ संशोधन गराएका छन् ।

सञ्चार तथा सुचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटाले भिडियो कन्फेरेन्सिङलगायत सुचना प्रविधिको प्रयोग गरी मन्त्रिपरिषदको बैठक बस्नसक्नेगरी नियमावली संशोधन गरिएको बताए । उनका अनुसार अब प्रधानमन्त्री विश्वका जुनसुकै ठाउँमा भए पनि मन्त्रिपरिषद बैठक बसेर आवश्यक निर्णय लिन सक्नेछ ।

हालको प्रधानमन्त्रीय पद्दतीमा मन्त्रिपरिषद्का हरेक निर्णयमा प्रधानमन्त्रीले सदर गर्नुपर्ने हुन्छ । मन्त्रीहरुले आफ्नो विभागीय प्रस्तावहरु पेश गर्ने भए पनि उनीहरुको हस्ताक्षर मन्त्रिपरिषद्को निर्णय पुस्तिकामा चल्दैन् । त्यो हिसावले भिडियो कन्फेरेन्सिङमार्फत हुने बैठकहरु एक सिंगापुरबाटै गर्न लागिएको हो ।

Advertisement

Advertisement

Advertisement