रक्सौल–काठमाडौं रेलमार्गको डीपीआर भारतले आफ्नै लगानीमा बनाईदिने

Advertisement

काठमाडौं । रक्सौल–काठमाडौं विद्युतिय रेलमार्गको डीपीआर भारतले आफ्नै लगानीमा बनाइदिने भएको छ । दुई देशका पराराष्ट्र मन्त्रीबीच काठमाडौंमा भएको छलफलका क्रममा भारतले आफ्नै लगानीमा डीपीआर बनाईदिने प्रतिवद्धता व्यक्त गरेको हो । यस अघि भारतले डीपीआरको लागत दुबै देशले व्यहोर्नुपर्ने बताउँदै आएको थियो ।

नेपाल भ्रमणमा आएका भारतीय विदेश मन्त्री एस जयशंकरले पराराष्ट्र मन्त्री प्रदिप ज्ञवालीसँगको छलफलमा डीपीआरको लागत व्यहोर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । ‘भारतीय विदेश मन्त्रीले आफ्नै लगानीमा डीपीआर बनाईदिने प्रतिवद्धता व्यक्त गरेका छन्, त्यसपछि निर्माणको मोडलबारे छलफल हुनेछ’, रेल विभागका महानिर्देशक बलराम मिश्रले भने ।

उनले केहि समय भित्रै दुई देशका भौतिक पूर्वाधार मन्त्रालयका प्रतिनिधीले डीपीआर निर्माण सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्नेे जानकारी पनि दिए । ‘परराष्ट्र मन्त्रीबीच मौखिक सहमति भएकै छ, केहि समयभित्र दुई देशका सम्बन्धीत मन्त्रालयका प्रतिनिधीले समझदारीमा हस्ताक्षर गरेर काम अघि बढाउनेछन्’, मिश्रले कर्पाेरेट नेपालसँग भने । रक्सौल–काठमाडौं रेलमार्गको लम्बाई १९० किलोमिटर हुनेछ । अर्काे विकल्पका रुपमा १३५ किलोमिटरको रुट पनि प्रारम्भिक पहिचान भएको छ ।  यसको ४५ प्रतिशत हिस्सा सुरुङमार्ग हुने बताईएको छ ।

सम्भवतः काठमाडौं–निजगढ फास्ट ट्रयाक आसपासबाट रेलमार्गको निर्माण हुनेछ । रक्सौलबाट बिरगञ्ज हुँदै काठमाडौं आउने विद्युतिय रेलमार्ग चोभारमा आइपुग्नेछ । केरुङ–काठमाडौं रेलमार्गलाई पनि चोभारमा ल्याउने भनिएको छ । नेपाल र भारतबीच २०७५ भदौ १५ गते रक्सौल–काठमाडौं रेलमार्गको प्रारम्भिक सम्भाब्यता अध्ययनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो । कोँकण रेल वे निगमले २०७५ जेठ २५ गतेबाट प्रारम्भिक सम्भाव्यता अध्ययन सुरु गरेका थिए ।

Advertisement

Advertisement

Advertisement