नेपाली बजारमा टाटा एचफाइभको बुकिङ्ग खुल्ला

Advertisement

काठमाडौं । प्रिमियम एसयूभी टाटा एचफाइभको नेपाली बजारमा बुकिङ्ग खुल्ला गरेको छ । नेपालका लागि टाटामोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिका अनुसार यही भदौ १० गतेबाट १५ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना हुने भएको छ । यो कम्पनीको १४औं संस्करणको नाडा अटो शो २०१९ मा टाटा एचफाइभ पहिलो पटक नेपाली बजारमा सार्वजनिक हुँदैछ ।

भारतमाटाटाह्यारियर पनिभनेर चिनिने टाटा एचफाइभ बुकिङ गर्नका लागि २५ हजार रुपियाँ जम्मा गराउनुपर्ने हुनेछ । साथै सिप्रदीले ग्राहकहरूलाई टाटा एचफाइभ मन परेन भने १२० प्रतिशत बुकिङ्ग रिफन्ड गर्ने जनाएको छ ।

क्रियोटेक २.०लिटर टर्बाे डिजेल इन्जिनयुक्त टाटा एचफाइभ भारतीय बजारमा निकै चर्चित छ । एचफाइभमा रहेको इन्जिनले १३८ बिएच पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । टाटाएच फाइभ ल्यान्डरोवरको ओमेगा डिएट प्लेटफर्ममा निर्माण गरिएको गाडी हो ।

आकर्षक रहेको टाटा एचफाइभमा पुशबटन स्टार्ट–स्टप, सेमी (डिजिटल इन्स्टु्रूमेन्ट कन्सोल, मल्टीफङ्गसनल स्टेरिङ, हाइट अजस्टेबल ड्राइभर सीट, अटो क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू रहेको कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement