नेपाली राष्ट्रिय फुटबल टोली मलेसिया जाँदै

Advertisement

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली आज (शुक्रबार) मलेसिया जाँदै छ । मलेसियन क्लब जोहार डारुल टाजिम एफसीसँगको मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली टोली मलेसिया जान थालेको हो ।

नेपाली टोली मलेसियन सुपर लिग च्याम्पियन जोहारसँग एक मैत्रीपूर्ण खेल खेल्न नेपाली टोली शुक्रबार राति १० बजे मलेसिया प्रस्थान गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको छ ।

नेपालले सोमबार जोहारसँग उसकै घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्नेछ । एन्फाले यसअघि नै जोहारसँग खेल्ने २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेको छ । नेपाली टोलीमा कप्तान विराज महर्जन किरण चेम्जोङ र रोहित चन्द अटाएका छैनन् ।

Advertisement

Advertisement

Advertisement