झापा र इलाम मालपोत कार्यालयमा प्रभु बैंकको एक्स्टेन्सन काउन्टर

Advertisement

झापा । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा झापा जिल्लाको दमक नगरपालिकास्थित मालपोत कार्यालय र इलाम मालपोत कार्यालयमा एक्स्टेन्सन काउन्टरहरू सञ्चालनमा ल्याएको छ ।

दमकस्थित मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउन्टरको आइतबार झापा मालपोत कार्यालयका कार्यालय प्रमुख चण्डिप्रसाद कोइरालाले एक समारोहकाबीच उद्घाटन गरेका थिए ।

इलामस्थित मालपोत कार्यालय परिसरमा बुधबार इलाम मालपोत कार्यालय प्रमुख केशवकुमार ढकाल र कोष तथा लेखा नियन्त्रण कार्यालयका निमित्त कार्यालय प्रमुख डिकेन्द्रबहादुर थापाले संयुक्त रूपमा प्रभु बैंकको एक्स्टेन्सन काउन्टरको उद्घाटन गरेको बैंकले जनाएको छ ।

झापा तथा इलाम जिल्लास्थित मालपोत कार्यालयमा आउने सेवाग्राहीहरूले अब बिना झन्झट प्रभु बैंकको एक्स्टेन्सन काउन्टरमा रहेको सम्बन्धित मालपोत कार्यालयको खातामा राजस्व रकम जम्मा गरी सरल र सहज रूपमा मालपोत कार्यालयको काम गर्न सक्ने पनि बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement