धेरै निदाउने र कम निदाउनेमा पर्छन् यी देशहरु

Advertisement

काठमाडौँ । विश्वमा रातिमा धेरै निदाउने र कम निदाउने देशको हालै एक सर्वेले नतिजा निकालेको छ । जसमा राति धेरैे सुत्नेमा छिमेकी मुलुक भारत रहेको छ । भारतपछि चीन र साउदी अरब रहेका छन् ।

फिलिप्सका ग्लोबल मार्केट रिसर्च र्फम केजेटी ग्रुपको हालैको सर्वेले उक्त नतिजा देखाएको हो । सर्वेक्षणमा १२ देशलाई समेटिएको थियो । उक्त देशका १८ वर्ष र त्यसभन्दा माथिका मानिसहरु सर्वेक्षणमा संलग्न थिए । सर्वेक्षणमा विश्वभरका ६२ प्रतिशत वयस्क जब राति सुत्न जान्छन्, उनीहरु गहिरो निद्रामा पुग्नै सक्दैनन् ।

कम सुत्नेमा सबैभन्दा बढि दक्षिण कोरिया परेको छ । दक्षिण कोरियाका मान्छेहरु राम्ररी निदाउन सक्दैनन् । यसैगरी जापानको हालत पनि त्यस्तै छ । विश्वको वयस्क हप्तामा रातको क्रममा ६ दशमलव ८ घण्टा निद्रा लिन्छन् । त्यसैगरी विदाको दिन राति ७ दशलमव ८ घण्टा निद्रा लिन्छन् ।

सर्वेमा प्रत्येक दिन आठ घण्टाको निद्रा पुरा गर्ने १० वयस्कमा  ६३ प्रतिशत सप्ताहन्तमा अधिक सुत्ने गर्छन् । १० मध्ये चार जनाले भनेका छन् कि उनीहरुलाई पछिल्लो पाँच वर्षयता राम्ररी निद्रा परेको छैन ।२६ प्रतिशत मानिसले मात्र आफ्नो निद्रा गहिरो भएको बताएका छन् । जबकी ३१ प्रतिशले आफ्नो निदाउने बानीमा कुनै परिवर्तन नआएको बताएका छन् । फिलिप्स ग्लोबल स्लीप सर्वे २०१९ का अनुसार क्यानडा ९६३ प्रतिशत० र सिंगापुर ९६१ प्रतिशत० मा मानिसमा सबैभन्दा बढी अनिद्राको समस्या छ ।

निन्द्रमा प्रभाब पार्ने खराब जीवनशैलीको मुख्य कारण बनेको छ । निन्द्रलाई प्रभाब पार्ने यी मुख्य पाँच कारण  चिन्ता, तनाव ५४ प्रतिशत, पर्यावरण ४० प्रतिशत, कार्य वा विद्यालय ३७ प्रतिशत, मनोरञ्जन ३६ प्रतिशत र स्वास्थ्य कारण ३२ प्रतिशत छ ।

Advertisement

Advertisement

Advertisement