एनसीईसीले विराटनगरमा गर्यो ग्राहक भेला कार्यक्रम

Advertisement

काठमाडौं । नेपाल कन्स्ट्रक्शन एण्ड इन्जीयनिरिङ्ग कर्पोरेशन प्रालि (एनसीईसी) नेपालका लागि विभिन्न निर्माण उपकरणको आधिकारीक वितरकको रुपमा रहेको छ । कम्पनीले ग्रहाकहरुको सुविधा लाई मध्यनजर गरेर उक्त कार्यक्रमको आयोजना गरेको हो ।

यसले बिक्रि वितरण गर्ने ब्राण्डहरु एटलास कोपो, बुलर, इलेक्ट्रो मेक, इन्डस र केम बोइलर्सले आफ्नो सर्भिस क्याप र ग्राहक भेला विहिबार विराटनगरको बिग होटलमा सम्पन्न भएको छ ।

यस अवसरमा ग्राहकहरुलाई आर्कषक सर्भिसमा लाग्ने बचल प्रदान गरेको छ । उक्त सर्भिस क्यापमा एनसीइसीले आफुले बिक्रि वितरण गरेका मेसिनको जाँच गर्नुका साथै मेसिनमा देखिने समस्याको बारेमा जानकारी गराईएको थियो ।

एनसीईसीको विगत ६३ वर्ष देखि नेपालमा विभिन्न निर्माण उपकरणहरुको आधिकारीक बिक्रेताको रुपमा कार्यरत रहेको सबैमा जानकारी नै छ । एनसीईसीले आफ्ना ग्राहकलाई सेवा सुविधा दिने उद्देश्यका साथ सबै प्रदेशमा आफ्नो ब्रान्च स्थापना गर्दै गएको छ । उक्त कार्यमा आफ्ना ग्राहकहरुका लागि बिक्रि पछि सर्भिसको लागि नियमित रुपमा ग्राहकको सम्पर्कमा रहने प्रतिबद्धता जनाएको छ ।

उक्त कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक सिद्धार्थ मणि राजभण्डारी र निर्देशक सिद्धान मणि राजभण्डारीले आफ्नो कम्पनीले बजार माल्याएको विभिन्न ब्राण्डको बारेमा जानकारी दिएका थिए । उक्त कम्पनीले बिक्रि गरेकाकुनै पनिब्राण्डमा सर्भिस ४८घण्टा भित्र उपलब्ध गराउने समेत बताए ।

सो कार्यक्रमप्रदेश नं. १ बाट विभिन्न उद्योगमा कार्यरत कर्मचारी तथा व्यपारीहरुको उपस्थिती रहेको थियो । आगामी दिनमा एनसीईसी यसैगरी प्रदेश नं. २,३ र ५लाई केन्द्रविन्दु पर्ने गरी ग्राहक भेलाविरगंज, हेटौडा र भैरवामा उक्त कार्यक्रम राख्ने पनि जानकारी समेत गराईएकोे थियो ।

Advertisement

Advertisement

Advertisement