आइसीसीको एकदिवसीय वरियतामा नेपाल एक स्थान तल झर्यो

Advertisement

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को एकदिवसीय वरियतामा नेपाल एक स्थान तल झरेको छ । आइसिसीले सार्वजनिक गरेको एक दिवसीय नयाँ वरियतामा एक स्थान तल झरेर नेपाल १६औँ स्थानमा पुगेको छ । यसअघि नेपाल १५औँ स्थानमा थियो ।

वरियताको शीर्ष स्थानमा इङल्याण्ड छ भने दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौथोमा अष्ट्रेलिया, पाँचौँमा दक्षिण अफ्रिका, छैटौंमा पाकिस्तान र सातौँ स्थानमा बङ्गलादेश छ । त्यस्तै आइसिसी टी–ट्वान्टी वरियतामा भने नेपाल एघारौँ स्थानमा यथावत् रहेको छ । टी–ट्वान्टी वरियतामा नेपालभन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड छन् ।

टी–ट्वान्टी वरियतामा पाकिस्तान पहिलो स्थानमा छ भने इङल्याण्ड दोस्रो र दक्षिण अफ्रिका तेस्रो स्थानमा छ । यस्तै भारत अष्ट्रेलिया, न्यूजिल्याण्ड र अष्ट्रेलिया क्रमशः चौथो पाँचौँ, छैटौं र सातौँ स्थानमा छन् ।

Advertisement

Advertisement

Advertisement