टिभिएस मोटरले स्वस्तिमा र प्रदीपलाई टिभिएस एनटर्क १२५ को ब्राण्ड एम्बासडर बनायो

Advertisement

काठमाडौं । दुई पाँग्रे र तीन पाँग्रे सवारी साधन निर्माता कम्पनी टिभिएस मोटरले नायिका स्वस्तिमा खड्का र नायक प्रदीप खड्कालाई नेपालमा टिभिएस एनटर्क १२५ को ब्राण्ड एम्बासडर नियुक्त गरेको छ ।

टिभिएस मोटर र नेपालमा टिभिएसको दुई पाँग्रेस सवारी साधनको अधिकृत वितरक जगदम्बा मोटर्सले उनीहरुलाई ब्राण्ड एम्बासडर घोषणा गरेका हुन् । जेन जेडलाई लक्षित टिभिएस एनटर्क १२५ मा विशेष प्रविधि प्ल्याटफर्म ‘टिभिएस स्मार्टकनेक्ट’ रहेको जनाउँदै जगदम्बाले यो नेपालकै पहिलो कनेक्टड स्कुटर भएको भएको बताएको छ ।

यो टिभिएस रेसिङ पेडिग्रीमा आधारित भएर विकास गरिएको जनाउँदै उसले यसमा स्टेट–अफ–आर्ट ‘सीभीटीआई–आरईभीभी३ भल्भ इन्जिन रहेको जनाएको छ ।
टिभिएस मोटरको इन्टरनेशनल विजनेशका एक्जेक्विटिभ भाइस प्रेसिडेन्ट आर दिलिप भन्छन्– हामीले अघिल्लो बर्ष नेपालको पहिलो स्पोर्टी स्मार्ट स्कुटर टिभिएस एनटर्क १२५ सार्वजनिक गरेका थियौं । यो ब्राण्ड नेपालमा सबैभन्दा तीब्र गतिमा वृद्धि हुने स्कुटर ब्राण्ड बनेको छ । स्वस्तिमा र प्रदीप नेपालका युवा आकाँक्षाका प्रतिक हुनुहुन्छ । उहाँहरुसँगको सहकार्यले हाम्रो ब्राण्डको दृश्यता बहुसंख्यकरुपमा बढ्ने छ ।

शंकर ग्रुपका प्रवन्ध निर्देशक शाहिल अग्रवालले लोकप्रिय ब्राण्ड टिभिएस एनटर्क १२५ मा मनोरञ्जन क्षेत्रका युवा आइकनहरुसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताउँदै यो सहकार्य अदभूत रहने विश्वास व्यक्त गरे ।

अभिनेत्री स्वस्तिमाले आफूले गत बर्षदेखि नै टिभिएससँग आवद्ध भएको सुनाउँदै आफूलाई मन पर्ने टिभिएस एनटर्क १२५ को ब्राण्ड एम्बासडर हुन पाउँदा खुशी लागेको बताइन् । यो स्कुटरको स्टाइलिस लुक र स्मार्ट विशेषताः नेभिगेशन एसिस्ट, कलर आइडी फङ्गशनले मोहित बनाएको उनले बताइन् ।

Advertisement

Advertisement

Advertisement