गैरआवासीय नेपालीको नवौं विश्व सम्मेलन असोज २८ देखि, नयाँ नेतृत्व पनि चयन हुने

Advertisement

काठमाडौं । नवौं गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघ (एनआरएनए)को अन्तर्राष्ट्रिय महाधिवेशन आउँदो असोज २८ देखि ३० गतेसम्म काठमाडौंमा गरिने भएको छ । संघको शुत्रबार बसेको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयले परराष्ट्र मन्त्रालयको समेत सहल्लामा उक्त मिति तोकेका जनाएको छ ।

यस वर्षको विश्व सम्मेलन पनि विगतमा झैं नेपाल सरकार, नेपाल उद्धोग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा हुनेछ । सम्मेलन आयोजनाका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा उच्चस्तरीय आयोजक समितिको गठन हुने कार्य अन्तिम चरणमा पुगेको छ ।

यसैगरी संघको आन्तरिक आयोजक समिति संघका अध्यक्ष भवन भट्टको अध्यक्षतामा गठन भएको छ । यस वर्षको सम्मेलनको मूल विषय 'म, मेरो एनआरएनए, र मेरो नेपाल' रहने छ । सम्मेलनमा यसै विषयहरुमा आधारीत भएर विभिन्न शत्रहरुको आयोजना गरिने छ ।

यही विश्व सम्मेलनकै समयमा अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न हुने भन्दै संघले महाधिवेशनमा संघको विधान अन्तर्राष्ट्रिय समन्वय परिषद्को प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन लगायत संघसंग सम्बन्धित विविध विषयहरुमा छलफल भई भावी कार्यनीतिको तर्जुमा गरिने जनाएको छ । महाधिवेशनमा नै नयाँ कार्यकालको लागि संघका अध्यक्ष लगायत अन्य पदाधिकारीहरुको निर्वाचन समेत हुनेछ ।

Advertisement

Advertisement

Advertisement