सुनको भाउमा रेकर्ड तोडिँदै, तिज नजिकिँदै गर्दा फेरी तोलामा बाह् सयको वृद्धि

Advertisement

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार ७१ हजार तीन सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज बाह् सय रुपियाँले बढेर प्रतितोला ७२ हजार पाँच सय रुपियाँ कायम भएको हो ।

महासंघले आज तेजाबी सुन प्रतितोला ७२ हजार दुई सय रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६२ हजार एक सय ६० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६१ हजार ९०५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ८५० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७२९ रुपियाँ कायम गरेको छ ।

 

Advertisement

Advertisement

Advertisement