माछापुच्छ्रे बैंकको नयाँ शाखा गाईघाटमा

Advertisement

उदयपुर । माछापुच्छ्रे बैंकले उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर ११ गाईघाटमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले ग्राहकको आवश्यक्तालाई ध्यानमा राखेर उक्त शाखा संचालनमा ल्याएको हो ।

बैंकले एक कार्यक्रमका बिच आफ्नो नयाँ शाखा उद्घाटन गरेको हो । उद्घाटन कार्यक्रममा त्रियुगा नगरपालिकाका नगरप्रमुख बलदेव चौधरीले नेपाल अहिले आर्थिक समृद्धिको बाटोमा हिडिरहेको बताएका छन् । नगरप्रमुख चौधरीले आफ्नो नगरको परियोजनामा लगानी गर्ने खालको बैकको स्थापना नभएकोले माछापुच्छ्रे बैकलाई पैसा संकलन गर्ने मात्र नभएर नगरवासिको हितमा काम गर्न अनुरोध गरेका छन् ।

बैकका चेयरमेन डा. विरेन्द्र प्रसाद महत्तोले हाम्रो देश प्रगती र समृद्धिको नारा लिएर अगाडि बढिरहेकोले माछापुच्छे बैकले यस नारालाई मध्यनजर गर्दे काम गर्ने बताए । उनले हामीले हिजोका दिनमा फर्केर हेर्ने भन्दा पनि भोलीका दिनमा कसरी काम गर्ने भन्ने सोचका साथ बैकलाई अगाडि बढाईएको बताए । महत्तोले भने, ‘हामीले जुन नगरमा शाखा खोलेका छौँ त्यस नगरका घरघरमा सेवा पुर्याउने छौँ भने नगरका सबै व्यावसायिलाई सर्वसुलभ सेवा दिनेछौँ । उनले ईन्टरनेट बैकिङ्, मोबाईल बैंकिङ् सेवा सञ्चालन गरिरहेकोले आफ्ना बैंकका ग्राहकलाई खल्तिमा पैसा हैन खल्तिमा एटिएम कार्ड बोकेर हिड्न अनुरोध समेत गरे ।

उद्घाटन कार्यक्रममा त्रियुगा उधोग वाणिज्य महासंघका अध्यक्ष गजेन्द्र भगतले बैकको महंगो ब्याजदरले धेरै व्यावसायिहरु मार्कामा परेको बताएका छन् । उनले ७.८ प्रतिशत ब्याजदरमै बैकले कारोबार गरे ब्यावसायिलाई सुलभ हुने बताए ।
यता त्रियुगा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष विश्वराज भट्टराईले माछापुच्छ्रे बैंकले नगरवासिलाई सस्तो, सर्वसुलव व्याजदरमा ऋण उपलब्ध गराउछ भन्ने अपेक्षा लिएको बताएका छन् ।

बैकले हालसम्म १२८ वटा शाखा र १५६ वटा एटिएम सञ्चालन गरिरहेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement