क्षत्रीलाई समानुपातिक समावेशी आरक्षण माग

Advertisement

काठमाडौं । क्षत्री समाज राष्ट्रिय महासङ्घले नेपालमा सबैभन्दा धेरै सङ्ख्यामा रहेको क्षत्रीलाई पनि जनसङ्ख्याको आधारमा राज्यको सबै क्षेत्रमा समानुपातिक समावेशी आरक्षण माग गरेको छ ।

महासङ्घको १८औँ साधरणसभाका अवसरमा आयोजित कार्यक्रमका वक्ताले जातीयभन्दा वर्गीय आधारमा आरक्षणको व्यवस्था हुनुपर्ने विचार राखे । उनले जातीय आधारमै आरक्षणको प्रावधान राखिरहने हो भने पिछडिएका क्षत्रीलाई पनि सो अवसरबाट वञ्चित गर्न नहुने बताए ।

प्रा. डा. सुरेन्द्र केसीले राष्ट्रिय हितका लागि प्रत्येक नागरिक त्याग गर्न तयार हुनुपर्ने बताए । सबैले आफ्नो राष्ट्र भन्ने कुरामा गर्व गर्न सके मात्र राष्ट्रियता बलियो हुने उहाँको भनाइ थियो ।

महासङ्घका अध्यक्ष विष्णु खड्काले राष्ट्रिय सहिष्णुताका लागि पनि महासङ्घले काम गर्दै आएको सो अवसरमा जानकारी दिए । महासङ्घका महासचिव बहादुरसिंह विष्टले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थियो ।

महासङ्घका वरिष्ठ सल्लाहकार कुमार कार्कीले नेपालको इतिहास, धर्म, संस्कृति एवं परम्पराको संरक्षण हुनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा आकर्षणको रूपमा कर्णाली प्रदेशको खस सांस्कृतिक गीतसमेत प्रस्तुत गरिएको थियो ।

Advertisement

Advertisement

Advertisement