सेयर बजारमा गिरावट जारी, होटल र उत्पादनमूलक समूहको सेयरमा सुधार

Advertisement

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सेयर बजार ओरालो लाग्ने क्रम जारी रह्यो । आज सेयर बजार परिसुचक नेप्से तीन दशमलव ४५अंकले घटेर एक हजार २०९ कायम भएको छ भने ३५ करोड २६ लाख रुपियाँको सेयर कारोबार भयो ।

आज होटल र उत्पादनमूलक समूहमाबाहेक सबै समूहका सुचकहरुमा गिरावट आएको छ । होटल तीन दशमलब चार अंकले बढेको छ भने उत्पादनमूलक समूह ११ दशमलब तीन अंकले मात्र सुधार आएको छ । बाँकी समूहका सुचकहरुमा एक प्रतिशतभन्दा कम अंकको गिरावट देखिएकोे छ ।

आज सबैभन्दा धेरै कारोबार गर्नेमा प्रथम छिमेक लघुवित्त रहेको छ । उसको कारोबार तीन करोड २१ लाख ३० हजार ८०० रुपियाँको कारोबार भएको छ । त्यस्तै, दोस्रो धेरै कारोबार गर्नेमा नेपाल बैंक रहेको छ । जसको कारोबार दुई करोड ४१ लाख ५३ हजार ४३३ रुपियाँको भएको छ ।

आज धेरै नाफा गर्नेमा सिर्जना फाइनान्सका लगानीकर्ता अगाडि छन् । फाइनान्सको नाफामा ११ अंकको सुधार देखिन्छ । त्यस्तै, दोस्रो नाफा कमाउनेमा सपोर्ट माक्रोफाइनान्सका लगानीकर्ता रहेका छन् । उक्त फाइनान्सको नाफामा १६ अंकको वृद्धि देखिन्छ ।

त्यसैगरी, आज धेरै घाटा व्यहोर्नेमा पाँचथर पावर रहेको छ, जसमा सेयरमा ८ अंकको गिरावट आएको छ । त्यसैगरी, दोस्रो धेरै घाटा व्यहोर्नेमा युनिभर्सल पावर कम्पनी रहेको छ, जसले सेयरमा ४ अंकको घाटा व्यहोरेको छ ।

Advertisement

Advertisement

Advertisement