स्वावलम्बन लघुवित्तको महिला कर्मचारी व्यक्तित्व विकास तथा उत्प्रेरणा तालिम सम्पन्न

Advertisement

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले विभिन्न कार्यालयमा कार्यरत महिला कर्मचारीहरुका लागि एक दिने महिला कर्मचारी व्यक्तित्व विकास तथा उत्प्रेरणा तालिमको आयोजना गरेको छ । शनिबार काठमाडौंमा सम्पन्न तालिममा वित्तीय संस्थाबाट संचालित लघुवित्त कार्यक्रमलाई थप प्रभावकारी एवं गुणस्तरीय कायम गरी दीगो रुपमा कार्यक्रम संचालन गर्न महिला कर्मचारीको विशिष्ट भूमिका हुने भएको र कर्मचारीको व्यक्तिगत बृत्ति विकासमा समेत टेवा पुग्ने हेतुले तालिमको आयोजना गरिएको हो ।

तालिम समापन समारोहमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले वित्तीय संस्थाको अघिल्लो बर्षको प्रगति र आगामी बर्षको कार्ययोजना सम्बन्धमा जानकारी गराउनुहुदै यस्ता किसिमका तालिमले संस्थाको लक्ष्य अनुरुप कार्यक्रमलाई अगाडी बढाउन सकारात्मक सोचको विकास हुने र उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

तालिममा आफ्नो मन्तव्य राख्दै सहभागीले तालिमबाट सिकेका कुराले कार्यक्षेत्रमा गई कार्यक्रमलाई अगाडी बढाउन थप हौसला मिलेको बताउँदै संस्थाको लक्ष्य अनुरुप कार्य गर्न यस किसिमका उत्प्रेरणामूलक तालिमले ठूलो सहयोग पुग्ने उनीहरुको भनाई रहेको थियो ।

तालिममा व्यक्तित्व विकास, सकारात्मक सोंचको विकास र उत्प्रेरणा सम्बन्धी सीप सम्बन्धमा विभिन्न श्रोत व्यक्तिहरुबाट कक्षा संचालन गरिएको थियो । तालिममा केन्द्रीय कार्यालय लगायत विभिन्न शाखा÷उपशाखा कार्यालयका ७४ जना महिला कर्मचारीको सहभागीता रहेको थियो ।

Advertisement

Advertisement

Advertisement