सारा नेपालीलाई विषादीमुक्त तरकारी खुवाउने पवन गोल्याणको सपना, ‘माटो’ ब्राण्ड सार्वजनिक

Advertisement

ललितपुर । सारा नेपालीलाई विषादीमुक्त प्राङगारिक तरकारी खुलाउने र निर्यातसमेत गर्ने सपना लिएर एक जना उद्योगपति पवन गोल्याणले आइतबार ‘माटो’ ब्राण्डको उत्पादन सार्वजनिक गरेका छन् ।

झापामा दुई सय विघा जग्गा आफैले किनेर तथा अन्य किसानहरुसँग सहकार्य गर्दै प्राङगारिक खेतीलाई अघि बढाइरहेका उनले माटो ब्राण्डका बिषादीमुक्त कृषिजन्य उत्पादनहरुको बिक्री सुरु गरेका हुन् । गोल्याण एक मात्रा यस्ता उद्योगी हुन जसको कुनै ट्रेडिङ विजनेश छैन र नेपालको सबैभन्दा ठूला निर्यातकर्तासमेत हुन् ।

उनी अध्यक्ष रहेको गोल्याण समूहले प्राङगारिक कृषिजन्य उत्पादन अभियानलाई अघि बढाउन गोल्याण एग्रो प्रालि नामक कम्पनीसमेत दर्ता गरेको छ । विषाक्त तरकारीका कारण मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको बेला गोल्याणले आफ्नो अभियानलाई मुलुकभर विस्तार गर्ने लक्ष्य बनाएका छन् ।

आज सार्वजनिक गरिएको माटो ब्राण्डका तरकारीहरु भाटभटेनी र सेल्सबरी सुपरमार्केटहरुमा पाउन सकिन्छ । प्राङ्गारिक भन्दै केही ठाउँमा बेचिने तरकारी भन्दा माटो ब्राण्डका तरकारीहरु निकै सस्तो हुनुका साथै गुणस्तरमा समेत सुनिश्चितता रहेको कम्पनीले जनाएका छ ।

रिलायन्स स्पिनिङ मिल्सलगायत थुप्रै उद्योगहरुमा पाँच हजारभन्दा बढिलाई रोजगारी दिइरहेका उद्योगपति गोल्याणले साना किसानहरुलाई सहयोग गर्ने क्रममा आफू कृषकहरुसँग नजिकिएको, उनीहरुले आफ्ना उत्पादनको मूल्य पनि उचित नपाउने र विषाक्त तरकारीका कारण स्वास्थ्यमा गम्भीर समस्याहरु आउने गरेको देखेकाले आफू कृषि क्षेत्रमा हात हालेको बताउँछन् ।

उनले कृषि क्षेत्रमा दुई अर्बभन्दा बढिको लगानी गरेको बताएका छन् । ठूलोरुपमा कृषि क्षेत्रमा प्रवेश नगरी किसानहरुलाई उचित मूल्य दिन नसकिने देखेर नै ठूलो लगानीसहित काम अघि बढाएको भन्दै गोल्याणले सुरुवाती चरणमा आफूहरुले माटो ब्राण्डका उत्पादनहरु बिक्रीबाट फाइदा नराखेको बताए । उनले यसै बर्षबाट माटो ब्राण्डका फलफूल पनि बजारमा ल्याउने बताए ।

तत्काललाई माटो ब्राण्डका तरकारीहरु बजारमा उपलब्ध भनि पछि माशुबाहेक खाद्य तथा फलफूलहरुसमेत बजारमा ल्याउने गोल्याण एग्रोकी कार्यकारी निर्देशक लतिका गोल्याणले बताइन् । उनले देशभरका कृषकलाई प्राङगारिक तरकारी तथा फलफूलमा जोड्ने आफूहरुको योजना सुनाउँदै यसले कृषिकहरुको जीवनस्तरका साथै पर्यावरण सुधारमा समेत सहयोग पुग्ने बताइन् ।

Advertisement

Advertisement

Advertisement