रवि लामिछानेसहित तीन जनाविरुद्ध आत्महत्यामा दुरुत्साहनको मुद्दा दर्ता

Advertisement

काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय, चितवनले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनाविरुद्ध आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा मुद्दा दायर गरेको छ ।

घटनाको अनुसन्धान सकेर लामिछानेसहित टेलिभिजन कार्यक्रम उत्पादक युवराज कँडेल, नर्स अस्मिता कार्कीविरुद्ध मुद्दा गर्दा गरिएको हो । चितवन प्रहरीले अनुसन्धान सकेर आजै
सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएको थियो । मुद्दा गर्दासँगै अब अदालतमा सरकारी वकिलको मागको पक्ष र विपक्षमा थुनछेक बहस हुने र अदालतले साधारण तारेख वा धरौटी वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये कुनै एक आदेश दिन सक्ने कानुन व्यवसायी बताउँछन् ।

मुद्दा दर्तासँगै जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा अभियुक्तहरुको बयान सुरु भएको छ। बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ । पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा १० दिनअघि पक्राउ परेका लामिछानेलाई थुनामुक्त गर्न चितवनमा उनका हजारौं समर्थकहरुले नारावाजीसहित धर्ना दिइरहेका छन् अन्य क्षेत्रका साथै सामाजिक सञ्जालमा हजारौंले उनलाई फँसाउने प्रयास गरिएको बताइरहेका छन् ।

Advertisement

Advertisement

Advertisement