श्रमिकप्रतिको दायित्व सरकारलाई बहन गराउने अवसर खेर नफाल्न होटल व्यवसायीलाई सल्लाह

Advertisement

काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले संगठित संघ संस्था र निजी क्षेत्रका रोजगारदाताहरु सामाजिक सुरक्षा योजनामा अनिवार्य आवद्ध हुनुपर्ने बताएका छन । यो योजनाले रोजगारदाताहरुमा केही आर्थिक भार थपिए पनि श्रमिकप्रतिको सम्पूर्ण दायित्व सरकारले बहन गर्ने भन्दै विष्टले यसको फाईदा लिन रोजगारदाताहरुलाई आग्रह गरेका छन् ।

सामाजिक सुरक्षा कोषले होटल संघ नेपाल (हान)सँग मिलेर गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री विष्टले यो योजना श्रमिक र रोजगारदाताको हितमा भएको बताए । न्यूनतम् पारिश्रमिक लागू गरी यो योजनामा आवद्ध भएमा श्रमिकहरुले आफू सुरक्षित छौं भनि निर्धक्क भएर काम गर्दा व्यवसायमा सकारात्मक प्रभाव पर्ने उनको भनाई छ ।

विष्टले यो योजना लागू हुन सुरु सुरुमा केही असहज जस्तो देखिए पनि यसले श्रमिक र रोजगारदातालाई नै सहजता दिएकोले यसमा सबैको सहभागिता अनिवार्य रहेको बताए । त्यस्तै यसको लागि सरकार निजी क्षेत्रका गुनासाहरुलाई समेटेर अगाडी बढ्ने उनले बताए । ऐन र कानुनले नै व्यवस्था गरेको यस्तो व्यवस्थाको विरुद्ध अब कसैले पनि काम गर्न नहुने मन्त्री विष्टले जानकारी दिए ।

हानकी अध्यक्ष सिर्जना राणाले होटल व्यवसायीहरुले अन्य संघ संस्थाहरुले भन्दा कर्मचारीहरुलाई २ गुणा बढी सेवा सुविधाहरु दिएकोले सामाजिक सुरक्षा कोषप्रति साना होटल व्यवसायीले गुनोसो गरेको बताइन् । त्यसमा सरकारको पक्षबाट हेरिनुपर्ने उनले बताइन् ।

Advertisement

Advertisement

Advertisement