कमलादी गणेश विकास समितिलाई मुक्तिनाथ विकास बैंकको आर्थिक सहयोग

Advertisement

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका कमलादीस्थित कमलादी गणेश विकास तथा जात्रापर्व सहयोग समितिलाई कमलादी गणेश मन्दिर परिसरमा सिसि क्यामेरा जडान गर्न आर्थिक सहयोग गरेको छ ।

उक्त सहयोग रकम मुक्तिनाथ विकास बैंकका बजारीकरण विभागका प्रमुख बसन्त बक्सीले कमलादी गणेश विकास तथा जात्रापर्व सहयोग समितिका संयोजक रविन महर्जनलाई हस्तान्तरण गरेका हुन् ।

यस बैंकले देशैभरी १२० वटा शाखा, २२ वटा एटिएम। र करिब सात लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्वा, मोबाइल बैंकिङ सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटिएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ ।

साथै, बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता तथा, आकर्षक सुविधा र व्याजदरमा आवास तथा सेयर कर्जा पनि सञ्चालनमा ल्याएको छ ।

Advertisement

Advertisement

Advertisement