पाल्पामा अवैध गाँजा सहित दुई महिला पक्राउ

Advertisement

पाल्पा । प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजा सहित दुई महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तिनाउँ गाउँपालिका–६ की २३ बर्षीया सिता बुचा र सोही स्थानकी ४० विना रानाको रहेको प्रहरीले जनाएको छ ।

बुटवलतर्फ लैजाँदै गरेको लु १ ख ५५४७ नम्वरको बस चेकजाँच गर्ने क्रममा बोरामा लुकाई राखेको अवस्थामा ९ सय ग्राम गाँजा सहित बुचा र रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पक्राउ परेका ती दुबै महिलालाई जिल्ला प्रहरी कार्यालय तानसेन पठाईएको छ ।

Advertisement

Advertisement

Advertisement