वायुसेवा निगममा विदेशी साझेदार नल्याइने, जनतालाई सेयर बाढ्ने योजना

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल बायु सेवा निगममा रणनीतिक साँझेदार भित्र्याउने योजना तत्कालका लागि रोकेका छन् । आगामी एक वर्षका आफ्ना प्राथमिकता सार्वजनिक गरेका मन्त्री भट्टराईले बायु सेवा निगममा रणनीतिक साँझेदार भित्र्याउने सम्बन्धी कुनै पनि योजना समेटेका छैनन् ।

यद्यपी मन्त्री भट्टराईले हालै मन्त्रालयद्वारा गठित कार्यदलले प्रस्तुत गर्ने प्रतिवेदनलाई समेत आधार मानी नेपाल वायुसेवा निगमलाई सार्वजनिक कम्पनीको रुपमा संचालन गर्ने लगायतको सुधारका लागि आवश्यक कानूनी सुधार गर्ने योजना भने अघि सारेका छन् ।कार्यदलले निगमलाई पब्लिक कम्पनीका रुपमा स्थापीत गरेर जनतालाई सेयर बाढ्न सकिने व्यवस्था प्रस्ताव गर्न सक्ने संकेत पनि मन्त्री भट्टराईले दिएका छन् ।

यस अघि निगमको केहि प्रतिशत सेयर दिएर रणनीतिक साँझेदार भित्र्याउने वा व्यवस्थापन करारमा दिने विषय चर्चामा थियो । तर मन्त्रालयमै पत्रकार सम्मेलन गरेर एक वर्षे योजना अघि सारेका मन्त्री भट्टराईले निगममा तत्काल कुनै पनि रणनीतिक साँझेदार भित्र्याउने योजना समावेश नगरेका हुन् ।

नेपाल वायुसेवा निगमको सुधार
अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान, पहुँच र ग्रामीण जनताको यातायातको साधनको रुपमा यस निगमलाई अघि बढाउन जरुरी छ । यसका लागि
 निगमको समग्र व्यवस्थापन सुधार कार्यलाई तीब्रता दिने ।
 निगमको वाइडबडी रियाद र गोन्जाउ उडान गर्ने ।
 सबै विमानहरु सञ्चालनमा ल्याउने ।
 विद्यमान उडान विश्लेषण Existing Flight Analysis गरी थप गन्तव्यको उडानको व्यवसायिक कार्ययोजना बनाउने ।
 सबै प्रकारका टिकटलाई अनलाइन बिक्रीमा लैजाने व्यवस्था मिलाउने ।
 निगमबाट सञ्चालित विमानस्थलको ग्राउण्ड ह्याण्डलिङलाई थप व्यवस्थित र प्रभावकारी बनाउने ।
 विमानस्थल भित्र यात्रुहरुलाई ५ वटा नयाँ Shuttle Bus बाट सेवा दिने ।
 निगमको टिकट रद्दपछिको रिफण्ड प्रकृयालाई सरलीकृत गर्ने ।
 निगमको DDA (Due Diligence Audit) गराउने ।
 उडान रद्द र ढिलाइको जानकारी विमानस्थलमा यात्रु पुग्नुपर्ने समयको कम्तिमा २ घण्टा अगाडि यात्रुलाई सूचना दिने । (SMS, Email Or Telephone)

Advertisement

Advertisement

Advertisement