बीमा अभिकर्तालाई प्रोत्साहन गर्दै बीमा संस्थान, नयाँ इन्सेन्टिभबारे अन्तरक्रिया

Advertisement

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले आफ्ना बीमा अभिकर्ताहरुका लागि गत साउन १ गतेबाट लागू गरेको प्रोत्साहनसम्वन्धी व्यवस्थाबारे जानकारी दिन सोमबार एक छलफल तथा अन्तरक्रिया आयोजना गर्यो । झण्डै सय जना बीमा अभिकर्ताहरु सहभागी उक्त कार्यक्रममा संस्थानका प्रशासक कविप्रसाद पाठक, नायक महाप्रवन्धक महेश रिमाल, बजार व्यवस्थापक चुडा अधिकारीले अभिकर्ताहरुले नयाँ इन्सेन्टिभ व्यवस्थाबारे जानकारी गराएका थिए ।

प्रशासक पाठकले आफूहरुले बीमा अभिकर्ताको सुझावअनुसार नै नयाँ सफ्टवयर प्रयोगमा ल्याएपछि अभिकर्ताहरुलाई प्रोत्साहन गर्न र नयाँ प्रोडक्टहरु ल्याउन बाटो खुलेको भन्दै टाँडै नै आफूहरुले बजारको माग र आवश्यकताअनुसारका प्रोडक्टहरु ल्याउने बताए ।

उनले बीमा संस्थान सरकारी भएकाले निजी कम्पनीले जसरी तत्कालै निर्णय लिन कठिन रहेको परिस्थिति सुनाउँदै तर आफूहरुले लामो समय काम गरेका वरिष्ठ बीमा अभिकर्तालाई पहिलाको भन्दा दोब्बर सुविधा होस भनेर सोच बनाएको बताए ।

पाठकले काठमाडौं उपत्यकामा पाँच लाख र उपत्यका बाहिर तीन लाख प्रिमियम ल्याउनेलाई वरिष्ठ अभिकर्ताको सुविधाले नयाँ अभिकर्ताहरुलाई आकर्षिक गर्न सकिने बताउँदै पूराना साथीहरुले प्रोत्साहन अल्ली कम भयो कि ? भन्ने गुनासो स्वाभाविक भएको बताए ।

Advertisement

Advertisement

Advertisement