सिटिजन्स बैंकको १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा

Advertisement

काठमाडौं । सिटिजन्स बैंकले सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले लाभांश दिने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंक तथा तेह्रौं वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि मात्र लागु हुने गरी आव २०७५/७६ को वितरण योग्य मुनाफाबाट १२ प्रतिशतले हुने रु। १,००,४५,२७,७७३/- नगद लाभांश र ३ प्रतिशतले हुने रु. २५,११,३१,९४३/- बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।

सिटिजन्स बैंक इन्टरनेसनलले आर्थिक वर्ष २०७५/७६ मा रु. ७४ अर्ब १३ करोड निक्षेप संकलन गरेको छ भने रु. ६५ अर्ब ७ करोड ऋण प्रवाह गरेको छ । बैंकले सोहि अवधिभित्र रु १ अर्ब ४६ करोड खुद नाफा आर्जन गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा बैंकले ३.६३ प्रतिशत बोनस शेयर र १.६४ प्रतिशत नगद गरि कूल ५.२७ प्रतिशत लाभांश वितरण गरेको थियो।

सिटिजन्स बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासम्मामा एक अर्ब ११ करोड ९४ लाख ६६ हजार रुपियाँ वितरणयोग्य मुनाफा आर्जन गरेको थियो। यस्तै अघिल्लो वर्षको तुलनामा २०.६० प्रतिशतले खुद नाफा बढाएर १ अर्ब ४८ करोड ८४ लाख २४ हजार रुपियाँ खुद नाफा कमाएको थियो।

Advertisement

Advertisement

Advertisement