गुल्मीको शान्तिपुरमा नेपाल बैंक पुनस्र्थापना

Advertisement

गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका शान्तिपुरमा नेपाल बैक लिमिटेड शान्तिपुर शाखा पुनस्र्थापना गरिएको छ । उक्त शाखाको नेपाल बैंक लिमिटेड संचालक समितिका अध्यक्ष वासुदेव अधिकारी र चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोणबहादुर खत्रीले एक समारोहका बीच संयुक्त रुपमा उद्घाटन गरेको बैकले जनाएको छ ।

सो अवसरमा बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले नेपाल बैंक लिमिटेडको समग्र अबस्थाबारे प्रकाश पार्दै नेपाल बैंक नविनतम प्रविधिहरुको अधिकतम उपयोग गर्दै ग्राहकमुखी बैकिङ अभ्याससहित अघि बढिरहेको बताएका छन् ।

चन्द्रकोट गाउँपालिकाका अध्यक्ष खत्रीले आफनो गाउंपालिकामा बैक पुनस्थपित भएकोमा प्रशन्नता व्यक्त गर्दै यसबाट गाउपालिकाको आर्थिक गतिविधिमा तिव्रता आउने बताए ।

Advertisement

Advertisement

Advertisement