‘नाडा अटो शो’मा स्याङयोङ मोटर्स प्रदर्शन, नयाँ ‘मुस्सो ग्राण्ड पनि प्रदर्शनमा

Advertisement

काठमाडौं । सवारी साधनहरुको वृहत प्रदर्शनी नाडा अटो शोमा स्याङयोङ मोटर्सले सहभागिता जनाएको छ । भृकुटीमण्डपमा आयोजित यस मेलामा स्याङयोङको स्टल नं. एच १४ मा कम्पनीले अधिकतम् छुटका साथ विभिन्न आकर्षक अफर लिएर आएको जनाएको जनाएको छ ।

नाडा प्रदर्शनी २०१९ मा स्याङयोङले मुस्सो ग्राण्ड ४एक्स४ बेस्ट भ्यालु अवार्ड विजेता, पहिलो पटक यो प्रदर्शनीमा राखेको छ । यो गाडिको उद्घाटन अर्थमन्त्री युवराज खतिवडाले गरे ।

नेपालको लागि आईएमएस ग्रुपअन्तर्गत स्याङयोङको एकल वितरक आईएमएस मोटर्सको ६ वटा विभिन्न मोडलमा कोरियन लक्जरी एसयूभीएस जसमा– रेक्सटन, कोरान्दो, टिभोली, एक्सएलभी र एक्टायन स्पोर्टस् र लेटेस्ट एसयूटी र मुस्सो रहेको छ ।

यो अफर अन्तर्गत स्याङयोङले आफ्नो ग्राहकलाई अत्याधिक छुट दिने भएको छ । कोरियन लक्जरी एसयूभीएस भएको कारण स्याङयोङले आफ्नो ग्राहकलाई भर्खरै मार्केटमा आएको सामसङ ग्यालेक्सी नोट १० अफर गर्नेछ ।

रेक्सटन, कोरान्दो, टिभोली, एक्सएलभी र एक्टायन स्पोर्टस् मोडलको गाडी खरिदमा यो अफर लागु गरिएको छ । कतिपय ग्राहकहरु आफ्नो पूरानो गाडीसँग नयाँ गाडी साट्ने सोचमा आएका हुन्छन् । त्यी ग्राहकहरुलाई तत्काल वेस्ट स्पोट एक्सचेन्ज सुविधा दिने र पूराना गाडीको उचित मूल्य दिने भएको छ ।

स्याङ्योङ कोरियाको चौथौ ठूलो गाडीहरु उत्पाद गर्ने कम्पनी हो । सन् १९५४ देखि सुरुवात गरिएको यस कम्पनीको गाडीहरु आफ्नो आधुनिक स्टाईल अनि उत्कृष्ट प्रदर्शनको लागि चिनिने गर्छन जसको मुल कारन कम्पनीका दक्ष ईन्जिनियरहरु हुन् । उनीहरुका अन्य मोडलहरु जस्तै एसयूभीएस, पिकअप ट्रक र एमपीभीएस रहेका छन् ।

यस अवसरमा स्याङयोङ मोटर्सले एक वर्षको बिमा, एक वर्षको सवारी कर, पाँच वर्षको निःशुल्क सर्भिसिङ, मासिक सरल किस्ता, उचित ब्याजदर, २५ हजारसम्मको एक्सेसरीज् जस्ता अफरहरुसमेत दिइएको छ । नाडामा लन्च गरिएको मुस्सो ग्राण्ड मा स्याङयोङको नयाँ एसयूभीको सुरुवाती मूल्य ७३ लाख ९९ हजार छ ।

Advertisement

Advertisement

Advertisement